आज:  २०८१ पौष २२, सोमबार | Mon, 06, Jan, 2025 Search
FLASH NEWS

मध्यविन्दु नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

    प्रकाशित २०८१ पौष १९, शुक्रबार (२ दिन अघि)


चोरमारा । मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को प्रथम चौमासीकको सार्वजनिक सुन्वाइ सम्पन्न गरेको छ । मध्यविन्दु नगरपालिकाले योजनाबद्ध विकासको अवधारणा अनुसार पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सुशासन तथा संस्थागत विकास र विपद व्यवस्थापनका साथै नगरबासीहरुलाई प्रभावकारी सेवा प्रवाह गर्दै आईरहेको प्रमुख प्रशाासकिय अधिकृत शिशिर पौडेलले बताउनुभयो । प्रभावकारी सेवा प्रवाहका लागि आवश्यक नीति, कानून र मापदण्ड तयारी, योजना निर्माण तथा कार्यान्वयन, अनुगमन तथा नियमन, संस्थागत व्यवस्था, सामाजिक सुरक्षा तथा समाज कल्याण, विपद व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, न्याय सम्पादन र विषयगत शाखासँग सम्बन्धित कार्यहरु नगर र वडास्तरबाट सम्पादन भइरहेका पनि उहाँले जानकारी दिनुभयो।

नगर प्रमुख भिमलाल अधिकारीले शिक्षा स्वास्थ्य वातावरण संरक्षण , जैविक उत्पादनका क्षेत्रलाई विशेष प्रथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो । शिक्षा क्षेत्रबाट मात्रै समाज रुपान्तरणको अवस्थामा पुग्ने सकिने हुदाँ शैक्षिक विकासका लागि पालिका निरन्तर लागि रहेको उहाँले बताउनुभयो । नागरिकले अरुणखोला क्षेत्रको विकासका लागि नगरपालिकाले कम चासो दिएको हो कि भन्ने प्रश्न उठेपछि प्रश्नको उत्तर दिदैं उहाँले भर्खर मात्र अरुणखोलामा २१३१ मिटर बाटो पिच भएको, मध्यविन्दु १२ मा २ किलो मिटर बाटो कालोपत्रेको कार्य अन्तिम चरणमा रहेको, स्वास्थ्यका लागि नगरपालिकाले एउटा एम्बुलेन्स अरुणखोलाबाट सञ्चालन गरेको, पुन बाटो ग्राबेल तथा पिचका लागि नयाँ सम्झौता भएको र बजार व्यवस्थापन सहित अरुणखोलामा करिव ३०० भन्दा धेरै नागरिक बस्न मिल्ने गरि सुविधा सम्पन्न व्यवस्थीत हल अन्तिम चरणमा रहेको जानकारी दिनुभएको थियो । साथै उहाँले सार्वजनिक सुनवाई नागरिकहरुलाई पालिकाले गरेका कार्यहरुबारे जानकारी गराउने मात्र नभई नागरिकहरुले पालिकाको काम प्रतिको धारणा बुझ्ने मौका समेत रहेको हुँदा कार्यक्रममा उपस्थितिका लागि धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै नगर उप प्रमुख पुर्णकला चौधरीले नगरपालिकाले हरेक वर्ष चौमासिक रुपमा सार्वजनिक सुनवाइ गर्दै आएको र पहिलो सुनुवाई अरुणखोलामा भएको बताउनुभयो । दोस्रो कोल्हुवा क्षेत्र र अन्तिम नगरपालिकामा हुने समेत बताउनुभएको थियो । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि, शाखा प्रमुखहरु तथा आम नागरिकहरुको उपस्थति रहेको थियो ।

नगर प्रवक्ता एवं वडा नम्बर १० का वडा अध्यक्ष रण बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पत्रकार तिर्थ डुम्रेले गर्नु भएको थियो ।

Write your Comment