आज:  २०८१ पौष २०, शनिबार | Sat, 04, Jan, 2025 Search
FLASH NEWS

एमालेको नेतृत्व बिना समृद्ध नेपाल निर्माण हुँदैन : एमाले नेता गुरुङ

    प्रकाशित २०८१ पौष १८, बिहिबार (२ दिन अघि)


कावासोती। एमालेको नेतृत्व बिना समृद्ध नेपाल निर्माण हुनै नसक्ने एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेश ईन्चार्ज किरण गुरुङले बताउनु भएको छ । नेता गुरुङले बिहिवार नेकपा एमालेको तेस्रो पुर्ण बैठकलाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो । नेपालको विकास देख्न नसक्ने तत्वहरुले अहिले एमाले र विशेष गरि पाटि अध्यक्ष एवम् प्रधानमन्त्री के पि शर्मा ओलिलाई केन्द्रमा राखेर देशि विदेशी शक्तिहरुले घेराबन्दिमा पारेको बताउनु भयो । पाटी अध्यक्ष ओलि समाप्त हुदा एमाले समाप्त हुने बुझाईका साथ देशि विदेशि शक्ति लागेको बताए ।

नेता बिना क्रान्ति सफल नहुने बुझाईका साथ विभिन्न शक्तिहरु एमाले नेतृत्वलाई घेरावन्दिमा पार्न खोजेको बताउदै अब देशभक्त आम नागरिक र एमालेका सच्चा कार्यकर्ता अब पुन बैचारिक रुपमा विदेशि शक्तिलाई परास्त गर्नु पर्ने गरि अभियान संचालन गर्न र ०८४ मा नेकपा एमालेको एकल सरकार गठन गर्ने गरि लाग्न निर्देशन दिनुभयो । नेता गुरुङले अहिले सामाजिक सन्जालमा भिम रावलको सपोट गर्नेहरु एमाले ईतरका पाटिमा आबद्ध व्यक्ति रहेको बताउँदै एमाले विरुद्ध अफवाह फैलाउन खोजेको आरोप लगाउनु भयो ।

अहिले प्रतिक्रिया वादिहरुले सामाजिक संजालमा लगानि गर्दै रविको पक्षमा माहोल खडा गर्ने र एमाले र पाटी अध्यक्ष ओलि विरुद्ध खडा गरेको बताउनु भयो । बैठकलाई सम्बोधन गर्दै एमाले नेतागुरुले अब समृद्ध नेपाल निर्माण गर्न एमालेले आधारभुत रुपमा पाटीलाई टोल टोलसम्म अभियानकै रुपमा लियर जान कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले आउँदो पाटीको केन्द्रीय कमिटी बैठकले जरा केन्द्रित अभियान संचालन गर्ने मिसन ८४ केन्द्रीत कार्यक्रम लिएर ३ महिने अभियान लिएर टोल र वडा केन्द्रीत रुपमा अभियानमा लाग्न निर्देशन समेत दिनुभयो ।

बैठकले नवलपुर जिल्लामा माघदेखि चैतसम्म ३ महिने अभियान संचालन गर्ने, माध ११,१२,१३ गते जिल्ला स्तरिय बन्द प्रशिक्षण गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष जीवन श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा एमाले पोलिटव्युरो सदस्य मना केसि, केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला ईन्चार्ज तिलक महत, केन्द्रीय सदस्यहरु रविन्द्र अधिकारी, कृष्ण पौडेल भुमिश्वर ढकाल,केन्द्रीय लेखा आयोग सदस्य एवम् गण्डकी प्रदेश सरकारका कृषि भुमि तथा सहकारी मन्त्री पद्मा जि.सि., गण्डकी प्रदेश पर्यटन तथा उधोग मन्त्री मित्रलाल बस्याल, एमाले केन्द्रीय परिसद् सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment