आज:  २०८१ पौष २०, शनिबार | Sat, 04, Jan, 2025 Search
FLASH NEWS

दलदलेमा सुविधा सम्पन्न होटल एम आइ डी सञ्चालनमा

    प्रकाशित २०८१ पौष १६, मंगलबार (३ दिन अघि)


देवचुली । देवचुली नगरपालिका १३ दलदले बजारमा सुविधा सम्पन्न होटल एम आइ डी सञ्चालनमा आएको छ । जापानमा लामो समय काम गरेर नेपाल फर्केका मिन गौतमले नेपालमै केही गर्नु पर्छ भन्ने ध्येयले दलदलेमा होटल एम आइ डी सञ्चालनमा ल्याएका हुन् । होटलको आज मंगलबार देवचुली नगरपालिकाका नगर प्रमुख हरि न्यौपानेले उद्घाटन गरे ।

होटल उद्घाटन गरेका नगरप्रमुख न्यौपानेले शिथिल अर्थतन्त्रमा केही सुधारको वातावरण बनेको बताए । उनले व्यवसायमध्येको पनि होटल व्यवसायले मानव स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वच्छता, गुणस्तरीयतामा निकै ध्यान दिनुपर्ने सुझाए ।

व्यवसायी मिन गौतमकी छोरी आकृति गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सञ्चालक देवी गौतमले स्वागत गरेकी थिइन् । देवी गौतमले होटलको विशेषता र सुविधा जानकारी गराइन् भने आकृतिले पुस मसान्तसम्म चल्ने ओपनिङ अफरका बारेमा चर्चा गरेकी थिइन् । आफ्नै स्वामित्वको जमिनमा रुफटफ सहितको चारतले भवनमा रहेको होटलमा सुविधायुक्त पाहुना कोठा, हल, रेष्टुरेण्ट, सुरक्षित पार्किङको सुविधा रहेको छ । यस्तै, पानी, विजुलीवत्ती, इन्टरनेटको वैकल्पिक व्यवस्थापन पनि रहेकाले पाहुनाहरुको अति आवश्यकतालाई मध्यनजर गर्दै २४ सै घण्टा सेवा उपलब्ध छ ।

गोष्ठी, सेमिनार, तालिम गर्न मिल्ने हल, इङ्गेजमेण्ट, वर्थ डे जस्ता विशेष खालका पार्टी र इभेण्टका लागि उपयुक्त हल, टिकटक, रिल फोटो, भिडियो बनाउन सौखिन र सेल्फी पारखीका लागि मेमोरियबल कलेक्सन गर्न मिल्ने डल्फिन वाटर फाउण्टेन, थ्री डी नेचर वाल आर्ट जस्ता होटल एमआइडीका आकर्षण र विशेषता रहेका छन् । सवै पाहुना कक्षमा एसी, एटेज रेष्टरुम, लक्जरी वेड सहितका सुविधा छन् । चारैतिर कम्पाउण्ड, पश्चिम र दक्षिण दुवैतर्फ इन्ट्रान्स गेट रहेको होटल एमआइडीको पार्किङ क्षेत्र सिसिटिभीको निगरानीमा रहने हुँदा सुरक्षित समेत छ ।

दिनमा एउटा भव्य समारोह वा विवाहका लागि खानपान सहितको अतिथि सत्कार ब्यवस्थापन गर्न सकिने होटल एमआइडीमा रेष्टुरेण्ट एण्ड बारतर्फ नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टलका ब्रेकफाष्ट, लञ्च, डिनर उपलब्ध छ । पाहुना ग्राहकको आवश्यकता अनुसार यातायातको सुविधा रहेको होटल एमआडी शान्त, स्वच्छ, सफा बातावरणमा रहेको छ ।

धुम्रपान रहित रेष्टुरेण्ट, हल, पाहुना कोठा रहेको होटल एमआडीमा छुट्टै स्मोकिङ जोन/क्याविन छ । यसकारण पनि होटल एमआडीको भान्सा, रेष्टुरेण्ट र पाहुना कोठा समेत पारीवारीक वातावरण सहितको रहेको छ । यस्तै, होटल एमआइडीका तर्फबाट ओपनिङ स्पेशलका रुपमा पुस मसान्तसम्म ग्राहक–पाहनाहरु लक्षित बिशेष छुट र अफर सुविधा ल्याएको छ । बास बस्नका लागि साधारण शुल्कमा पनि २० प्रतिसत छुटको ब्यवस्था रहेको छ भने रेष्टुरेण्टतर्फ किचन प्रोडक्टका खाना, खाजा–नास्तामा १५ प्रतिसत छुट रहेको छ । यस्तै यो अवधिमा पर्ने शुक्रबारलाई विशेष बनाउन कलाकार सहितको सांगितिक प्रस्तुति रहने पनि होटल व्यवस्थापनले जनाएको छ ।

Write your Comment