देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा ३० औं जिल्ला स्तरीय खुला पुरुष तथा छैठौं महिला भलिबल प्रतियोगिता हुने भएको छ । पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ को आयोजनामा तथा देवचुली नगरपालिका वडा नम्बर ९ र देवचुकी नगरपालिका युवा तथा खेलकुद विकास समितिको सहकार्य समन्वयमा पुस १० गतेबाट घुमाउरी खेल मैदानमा प्रतियोगिता सुरु गर्न लागिएको हो । प्रतियोगितामा पुरुष तथा महिला तर्फ नवलपुर जिल्लाका विभिन्न वडाका खेलाडीबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद ४५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद २५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ।
प्रतियोगितामा महिलातर्फ प्रथम हुने टिमले नगद १५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले नगद १० हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । त्यसै प्रतियोगितामा तृतीय हुने वडाले नगद ५ हजार रुपैयाँसहित मेडल,प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था रहेको युवा तथा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्णबहादुर आले मगरले जानकारी दिए ।