आज:  २०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024 Search
FLASH NEWS

अमर ज्योती सामुदायिक वनमा अध्यक्षमा ३ जनाको उम्मेदवारी

    प्रकाशित २०८१ पौष ७, आईतबार (७ घण्टा अघि)


बिबेक भण्डारी । अमर ज्योती सामुदायिक वनको अध्यक्ष पदमा यमनाथ बास्ताकोटी , टिकाराम देवकोटा र कान्ता पोख्रेल पण्डीत विच प्रतिष्पर्धा हुने भएको छ । देवचुली १,२,४ र ५ वडामा पर्ने वनको लागि अध्यक्ष पदका लागि मात्र चुनाव हुने भएको हो । पौष १३ गते हुने चुनावका लागि अध्यक्ष पदमा समझदारी हुन नसके पछि एक पदका लागि मात्र चुनाव हुन लागेको निर्वाचन संयोजक सूर्य प्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार खुल्ला उपाध्यक्षमा होमबहादुर दरै, सचिवका लागि अनिता बगाले, कोषाध्यक्षका लागि हिमाकुमारी सारु थापा, खुल्ला सहसचिवका लागि गणेशबहादुर विश्वकर्मा, ब्लक १ खुल्ला सदस्यमा खिमलाल उपाध्याय, महिला सदस्यमा सितादेवी गौतम, ब्लक २ खुल्ला सदस्य शिव घिमिरे, महिला सदस्यमा दिव्यकला तिमल्सेना, ब्लक ३ खुल्ला सदस्यमा प्रमेश श्रेष्ठ, महिला सदस्यमा उषा थापा मगर, खुल्ला सदस्यमा शम्सेरबहादुर अधिकारी, ढुण्डीराज केसी, महिला सदस्य अमृता दरै निर्विरोध चयन भएको जनाइएको छ ।

अध्यक्ष पदका लागि कुनै समझदारी नभए पछि यमनाथ बस्ताकोटी , टिकाराम देवकोटा र कान्ता पोख्रेल पण्डीत बिच चुनाव हुन लागेको हो । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा समाजवादीको संयुक्त प्यानलबाट टिकाराम देवकोटा अध्यक्षमा उम्मेदवारी दिएका छन् भने यमनाथ बस्ताकोटी र कान्ता पोख्रेलले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

Write your Comment