आज:  २०८१ पौष ६, शनिबार | Sat, 21, Dec, 2024 Search
FLASH NEWS

मध्यविन्दुमा साइवर अपराध तथा सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    प्रकाशित २०८१ पौष ५, शुक्रबार (१ दिन अघि)


मध्यविन्दु । मध्यविन्दुमा साइवर अपराध तथा सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । मध्यविन्दु नगरपालिकाको आयोजनामा पालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, वडा अध्यक्ष , कार्यपालिका सदस्य, कर्मचारी ,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतलाई सचेतना प्रदान गरिएको मध्यविन्दु नगरपालिकाका सुचना अधिकृत नरेश गुरुङले बताउनुभयो ।

संघसंस्थामा जिम्मेवारी सम्हाली कार्य गर्नेहरुलाई प्रविधिले थप जोखिम मोलेको छ । आँफैले सोंचेको र खोजेकै जस्तो सरल तरिकाले कार्य सम्पन्न गर्ने उपाय भेटाउने अपेक्षामा अनेक गलत साइटको प्रवेश गर्दा मानिसले दुख पाउने मात्रै नभई सारा डाटा समेत गुमाउन सक्ने भएकाले सचेत रहनका लागी कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले बताउनुभयो ।

कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले प्रविधि बिना अब कुनै पनि व्यवसाय , संघ सस्था तथा व्याक्ती छिटो अघि बढ्न नसक्ने बताउनुभयो । प्रविधिको प्रयोगले धेरै कार्यहरुको सहजतामा सहयोग पुगेको भएकाले यसको प्रयोग बढ्दै गएको छ । अहिले जति प्रविधिको आवश्य छ उत्तीकै समस्या सिर्जना गरेको छ । अधिकारीले भन्नुभयो । अब यसको प्रयोगमा सर्तकता अपनाउनु अपनाउन नसके भोलिका दिनमा झन खतरा हुन सक्ने उहाँको भनाइ थियो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर उप प्रमुख पुर्णकला चौधरीले प्रविधिको दुरुपयोगले सामाजिक सञ्चालनप्रति आलोचना बढेकोले कार्यक्रमले यसको प्रयोगमा सुधार ल्याउनेमा आशावादी रहेको बताउनुभएको थियो ।

कार्यक्रममा सफ्टवेयर इन्जिनियर डाक्टर रामहरी सुवेदीले साइवर अपराध तथा सुरक्षा सम्बन्धी जानकारी दिनुभएको थियो । आफुले लामो समय अमेरिकामा साइबर अपराध तथा सुरक्षा सम्बन्धी पढेर सिकेका कुराहरु अरुलाई पनि सिकाउन सकियोस् भन्ने उद्देश्यका साथ यहाँ आएर सिकाएको बताउनुभयो । उहाँले फेसबुक ,टिकटक , कृत्रिम बौद्धिकता , मेलहरु कसरी सुरक्षित राख्ने ? , आफुले चलाउने मोबाइल फोन कसरी चलाउने ? कसरी सुरक्षामा राख्ने ? भन्ने कुराको उदाहरण सहित जानकारी दिनुभएको थियो । सबैलाई आफुले चलाउने मोबाइल, कम्प्युटर एकपटक किनिसकेपछि राम्ररी सुरक्षा गरेर चलाउन अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रम लिगे पछि आफुहरु जोखिमै जोखिममा प्रविधिको प्रयोग गरेको अनुभुती भएको ज्ञानोदय माध्यमिक विद्यालय मध्यविन्दु १५ का प्रधानाध्याक टोकबहादुर सुनारी मगरले बताउनुभयो । अहिले हामीले प्रयोग गरेको सामाजिक सञ्जाल सुरक्षित छ जस्तो लाग्थ्यो तर रहेनछ अब सुधार गरेर सुरक्षित हुने गरि प्रयोग गर्ने पनि मगरले भन्नु भयो । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत कृष्णप्रसाद रेग्मीले गर्नुभएको थियो ।

Write your Comment