आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

देवचुली नगरपालिकामा शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने

    प्रकाशित २०८१ पौष ४, बिहिबार (४ महिना अघि)


देवचुली । देवचुली नगरपालिकामा शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने भएको छ । शुक्रबार दोस्रो नगर सभाको छैठौं अधिवेशन संचालनका लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने जनाइएको छ ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलद्वारा हस्ताक्षरित सूचनामा २०८१ पुस ५ गते दोस्रो नगर सभाको छैठौं अधिवेशन हुने भएकाले नगरपालिका कार्यालय र अन्तरगतका वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका अन्य सबै प्रकारका सेवाहरु बन्द हुने जनाइएको छ ।

Write your Comment