आज:  २०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025 Search
FLASH NEWS

सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता : देवचुली १० क्वाटरफाइनल प्रवेश

    प्रकाशित २०८१ पौष ३, बुधबार (४ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा बुधबार देवचुली १० विजय भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा देवचुली ११ को सुर्य किरण आधारभूत विद्यालयको खेलमैदानमा संचालन भएको देवचुली १७ निलो का विरुद्ध देवचुली १० बिचको खेलमा देवचुली १० विजयी भएको हो ।

देवचुली १० ले देवचुली १७ निलो लाई १-० गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । बुधबारको खेलमा देवचुली १० का राजन पाठकले गोल गरेका थिए । आजको खेलमा देवचुली १० का हिमान्सु घर्ती मगर अफ दि म्याच भएका छन् । प्रतियोगिता अन्तरगत बिहीबार देवचुली १५ का विरुद्ध देवचुली १७ रातो बिच खेल हुने आयोजकले जनाएको छ ।

देवचुली नगरपालिकाका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका अध्यक्ष बुद्धिबहादुर लुंगेलीले जानकारी दिनुभयो ।

Write your Comment