आज:  २०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025 Search
FLASH NEWS

सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता : देवचुली १ क्वाटरफाइनल प्रवेश

    प्रकाशित २०८१ पौष २, मंगलबार (४ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा मंगलबार देवचुली १ विजय भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा देवचुली ११ को सुर्य किरण आधारभूत विद्यालयको खेलमैदानमा संचालन भएको देवचुली १२ का विरुद्ध देवचुली १ बिचको खेलमा देवचुली १ विजयी भएको हो ।

देवचुली १ ले देवचुली १२ लाई ५-१ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलमा देवचुली १ का सन्दिप मल्लले २ गोल, रोशन गुरौ र निशान थनेतले १/१ गोल गरेका थिए भने देवचुली १२ का इभन सारुले गोल गरेका थिए । आजको खेलमा देवचुली १ का सन्दिप मल्ल म्यान अफ दि म्याच भएका छन् । प्रतियोगिता अन्तरगत बुधबार देवचुली १० का विरुद्ध देवचुली १७ निलो बिच खेल हुने आयोजकले जनाएको छ ।

देवचुली नगरपालिकाका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका अध्यक्ष बुद्धिबहादुर लुंगेलीले जानकारी दिनुभयो ।

Write your Comment