आज:  २०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025 Search
FLASH NEWS

सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता : देवचुली १६ को विजयी सुरुवात

    प्रकाशित २०८१ पौष १, सोमबार (४ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा देवचुली ११ को सुर्य किरण आधारभूत विद्यालयको खेलमैदानमा संचालन भएको प्रतियोगिताको देवचुली ११ का वडा अध्यक्ष तथा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेले समुदघाटन गर्नुभएको हो ।

सोमबार भएको उदघाटन खेलमा देवचुली १६ ले विजयी सुरुवात गरेको छ । देवचुली १६ ले देवचुली ९ लाई २-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । खेलमा देवचुली १६ का सरोज घिमिरे र दिवश श्रेष्ठले १/१ गोल गरेका थिए । आजको खेलमा देवचुली १६ का दिवश श्रेष्ठ म्यान अफ दि म्याच भएका छन् ।

देवचुली नगरपालिकाका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका अध्यक्ष बुद्धिबहादुर लुंगेलीले जानकारी दिनुभयो । प्रतियोगिता अन्तरगत सोमबार देवचुली १ का विरुद्ध देवचुली १२ बिच खेल हुने आयोजकले जनाएको छ ।

Write your Comment