आज:  २०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025 Search
FLASH NEWS

देवचुली ११ मा सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता हुने

    प्रकाशित २०८१ मंसिर २७, बिहिबार (४ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा देवचुली ११ को सुर्य किरण आधारभूत विद्यालयको खेलमैदानमा पुष १ गतेबाट खेल संचालन गर्न लागिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय ११ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३५ हजार ५ सय ५५ रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक क्लबका अध्यक्ष बुद्धिबहादुर लुंगेलीले जानकारी दिनुभयो । खेलमा देवचुली नगरपालिका भित्रका वडाबाट सहभागी हुने पाउने र सहभागी हुनका लागि नगद ४ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।

खेलको बारेमा जानकारी लिन र टिम दर्ताका लागि पदम बिक ( ९८६७८५७१५४ ), समीर श्रेष्ठ ( ९८११४१४१८४ ) र इशाक बिक ( ९८०७१६४१९७ ) सँग सम्पर्क गर्न सकिने क्लबले जनाएको छ ।

Write your Comment