आज:  २०८१ मंसिर २६, बुधबार | Wed, 11, Dec, 2024 Search
FLASH NEWS

पितौंजीस्थित सिद्धिदात्री दुर्गा मन्दिरमा रहेका बटुकहरुलाई खाटसहित ओछ्यान हस्तान्तरण

    प्रकाशित २०८१ मंसिर २५, मंगलबार (१ दिन अघि)


नवलपुर । गैंडाकोट नगरपालिका-१० पितौंजीस्थित कोटीहोममा रहेको सिद्धिदात्री दुर्गा मन्दिर, गीता पाठशालामा आश्रित ३४ जना बटुकहरुका लागि खाटसहित ओछ्यान हस्तान्तरण गरिएको छ । करिब १ लाख ५ हजार रुपैयाँ बराबरको खाट, म्याट्रेस, फाईबरका सिरक, सिरानी तथा तन्नाहरू हस्तान्तरण गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शेरबहादुर पौडेलले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपाने रहेका थिए । विशिष्ठ अतिथिका रूपमा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका पूर्व डिष्ट्रिक्ट गभर्नर लायन सिद्धार्थलाल चुके, श्री योगी नरहरिनाथ अध्यात्म विज्ञान, गीता पाठशालाका कार्यबाहक अध्यक्ष यदुप्रसाद न्युरे, लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट एक्जेक्युटिव चिफहरु राजेन्द्र गौतम, दिपेन्द्र खतिवडा र बालगोपाल चुके रहेका थिए । त्यसैगरी डिष्ट्रिक्ट चिफ ईश्वरकुमार राजभण्डारी, क्लष्टर ६ का चिफ देशबन्धु सिग्देल, लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्षहरु ललितमान श्रेष्ठ, अभिमन्यु श्रेष्ठ अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा आश्रमका पिठाधिस योगी खेचरनाथलगायत पदाधिकारीहरु र संस्थाका संरक्षक ओमकार कंडेलको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन दिनानाथ न्यौपानेले मानवीय सेवाका कार्यलाई आत्मसात गर्दै `हामी सेवा गर्छौं´ भन्ने मूल उदेश्य बोकेको लायन्स क्लवले आश्रममा आश्रित बटुकहरुलाई अत्यावश्यक रहेको ओढ्ने ओछ्याउने बिस्तारा र सिरक सेट उपलब्ध गराएर लायन्स ईन्टरनेशनलको मर्मअनुरूप काम गरेकोमा प्रशंसा गरे ।

कार्यक्रममा अतिथि, आश्रमका पदाधिकारी, बटुक तथा उपस्थित सम्पूर्णलाई आयोजक क्लवका पूर्वअध्यक्ष तथा लायन्स ईन्टरनेशनल डिष्ट्रिक्टका एक्जीक्यूटिव चिफ बालगोपाल चुकेले स्वागत गरेका थिए भने क्लवका सदस्य सविन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

आश्रम भित्रको अभाव र आवश्यकतालाई महसुस गरी सहयोग गर्नु भएकोमा कार्यवाहक अध्यक्ष यदुप्रसाद न्युरेले आयोजक क्लब तथा कार्यक्रमका संयोजक रमेश अधिकारीलाई धन्यवाद ब्यक्त गरेका थिए ।

Write your Comment