आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुरको अध्यक्षमा खिमानन्द भुसाल चयन

    प्रकाशित २०८१ मंसिर २५, मंगलबार (४ महिना अघि)


देवचुली । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा नवलपुरको अध्यक्ष खिमानन्द भुसाल सर्वसम्मत चयन हुनुभएको छ । जिल्ला शाखाको पहिलो अधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएको भुसाल दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । मंगलबार देवचुली १३ मा रहेको साहारा पार्टी प्यालेसमा भएको महासंघको दोस्रो जिल्ला अधिवेशनबाट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष समेत रहनुभएका भुसालको नेतृत्वमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।

जसको उपाध्यक्षमा केशवराज शर्मा पौडेल, सचिवमा अर्जुन चालिसे, कोषाध्यक्षमा पार्वती शर्मा लम्साल, सदस्यहरुमा उदयराज अर्याल, मनोज गुरुङ्ग, ज्योति ढकाल न्यौपाने, टेकनाथ सिग्देल, राधिका सापकोटा पाठक, पवन बुढाथोकी, इन्द्रमणी भुसाल, शालिकराम तिमिल्सिना, रुमाकला काफ्ले, शान्ती सुबेदी सापकोटा, लालप्रसाद अधिकारी सर्वसम्मत चयन हुनुभएको हो । त्यसै गरि बौदीकाली र बुलिङटार गाउँपालिकाबाट कार्यसमितिले १/१ जना सदस्य मनोनित गर्ने जनाइएको छ । नवगठित कार्यसमितिको चार वर्षको कार्यकाल हुने विधानमा उल्लेख गरिएको छ ।

 

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा नवलपुरका अध्यक्ष खिमानन्द भुसालको अध्यक्षतामा भएको दोस्रो अधिवेशनको उदघाटन सत्रमा नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य बिष्णुकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख शम्भु खनाल, वडा अध्यक्षहरु लगायत जिल्ला स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Write your Comment