आज:  २०८१ मंसिर २६, बुधबार | Wed, 11, Dec, 2024 Search
FLASH NEWS

कावासोतीमा खुला महिला दौड प्रतियोगिता सम्पन्न

    प्रकाशित २०८१ मंसिर २२, शनिबार (४ दिन अघि)


नवलपुर । कावासोती नगरपालिकामा खुला महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कावासोती नगरपालिकाको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपाल, जिल्ला खेलकुद विकास समिति नवलपुर र डायमण्ड युथ सोसाइटीको समन्वय र सहकार्यमा खुला महिला दौड गरिएको हो ।

कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालको अध्यक्षतामा भएको उदघाटन समारोहमा गण्डकी प्रदेशका कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गण्डकी प्रदेश सदस्य सदस्य बिन्दु पौडेल, कावासोती नगरपालिकाका उप प्रमुख फुलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुन, वडा अध्यक्षहरु, नगर खेलकुद विकास समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदघाटनमा बोल्दै मन्त्री जिसीले महिला खेलकुदका क्षेत्रले प्राथमिकता दिनुपर्ने बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको लागि मेडल प्राप्त गर्नेमा महिलाहरु नै बढी रहेको उहाँले बताउनुभयो । पालिकास्तरबाट खेलकुदका गतिविधि बढाएमा महिला खेलाडीहरुलाई अवसर प्राप्त हुने उहाँले बताउनुभयो । कार्यक्रमको सफलताको कामना गर्दै प्रदेश सभा सदस्य बिन्दु पौडेलले महिलाहरुले अवसर पाए गर्न सक्छ्न भन्ने प्रमाणित भएको बताउनुभयो ।

दौड प्रतियोगितामा लक्ष्मी डाँगी प्रथम, गंगा गिरी द्वितीय, मिना बस्याल तृतीय, दोलमाया महतो सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । त्यसै गरि सावित्रा थापा, भगवती रामजाली मगर, दिलमाया घर्ती, स्नेहा भण्डारी, समीक्षा कुमाल र ओमकला महतो दशौं भित्र दौड पूरा गरेका थिए । प्रतियोगिताका बिजेताहरुसँगै दशौं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको नगर खेलकुद समितिका संयोजक तथा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । दौडमा ३० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

Write your Comment