आज:  २०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024 Search
FLASH NEWS

दिव्य ज्योति आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा महारुद्र पाण्डे चयन

    प्रकाशित २०८१ मंसिर १९, बुधबार (१३ घण्टा अघि)


देवचुली । देवचुली १२ मा रहेको दिव्य ज्योति आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा महारुद्र पाण्डे सर्वसम्मत चयन भएका छन् । मंगलबार भएको अभिभावक भेलाबाट पाण्डेको अध्यक्षतामा व्यवस्थापन समितिको गठन गरिएको हो ।

दिव्य ज्योति आधारभूत विद्यालयका निवर्तमान अध्यक्ष शेरबहादुर पौडेलको अध्यक्षतामा भएको अभिभावक भेलामा देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि वडा सदस्यहरु, नगर शिक्षा अधिकृत नन्दलाल ढकाल लगायत अभिभावकको उपस्थिति रहेको थियो ।

अभिभावक भेलाबाट व्यवस्थापन समितिको सदस्यमा कल्पना न्यौपाने, गंगा बाचे ( बिक), जानकी पुरी, पवित्रा बसेल, एन्जल न्यौपानेलाई चयन गरिएको हो । त्यसै गरि पदेन सदस्यमा देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल र विद्यालयका प्रधानाध्यापक मैनाकुमारी श्रेष्ठ सदस्य सचिव रहने गरि समिति गठन गरिएको हो ।

Write your Comment