आज:  २०८१ मंसिर २६, बुधबार | Wed, 11, Dec, 2024 Search
FLASH NEWS

अमर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा यमबहादुर क्षेत्री सर्वसम्मत चयन

    प्रकाशित २०८१ मंसिर १७, सोमबार (१ हफ्ता अघि)


देवचुली । अमर सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा यमबहादुर क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन् । देवचुली ३,५ र १२ का उपभोक्ता रहेका अमर सामुदायिक वनको १२ औं अधिवेशनबाट क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा लोकनाथ वाग्ले, सचिवमा कृष्ण भट्टराई, कोषाध्यक्षमा देवी अर्जेल, सहसचिवमा हरिबहादुर सुयल, सदस्यहरुमा वालमाया तारुङ्ग, चित्रप्रसाद पराजुली, सीता घिमिरे वाग्ले, राम शर्मा, इन्दिरा वाग्ले र रामप्रसाद वाग्लेलाई सर्वसम्मत चयन गरिएको हो । त्यसै गरि लेखा सदस्यहरुमा शेरबहादुर पौडेल, रामजी खनाल र धनकुमारी आचार्य समेत सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित नव गठित समुहका पदाधिकारी तथा लेखा सदस्यहरुलाई मंसिर १९ गते बुधबार बिहान ८ बजे सपथ ग्रहण र प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।

Write your Comment