आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

मध्यविन्दुमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

    प्रकाशित २०८१ मंसिर ८, शनिबार (४ महिना अघि)


नवलपुर । मध्यविन्दु नगरपालिका वडा नम्बर ४ मा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मध्यविन्दु ४ भण्डारा बस्ने ६५ वर्षीय नाथुराम थारु घर नजिकै रहेको बारीमा आलु लगाउने क्रममा गैँडाले आक्रमण गर्दा घटना स्थलमै मृत्यु भएको हो ।

दुई जना बुहारी सहित बारीमा आलु लगाउँदै गर्दा अचानक गैँडाले आक्रमण गर्दा पेट, टाउकोमा गम्भीर चोट लाग्दा थारुको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

Write your Comment