आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

मध्यबिन्दुमा किशोरीहरुले आत्म सुरक्षाको तालिम सिकाएर मनाए अन्तर्राष्ट्रिय बाल दिवस

    प्रकाशित २०८१ मंसिर ५, बुधबार (१५ घण्टा अघि)


मध्यबिन्दु । मध्यबिन्दु नगरपालिका वडा नम्बर २ मा रहेको कुमारवर्ती माध्यमिक विद्यालयमा किशोरीहरुले आत्म सुरक्षा तालिम सिकाउँदै अन्तर्राष्ट्रिय बाल दिवस मनाएका छन् । मध्यबिन्दु नगरपालिकासँगको समन्वयमा जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलनसँगको साझेदारीमा संचालित किशोरी सशक्तीकरण कार्यक्रमका साथी शिक्षकहरुले सो तालिम सन्चालन गरेका संस्थाका कार्यक्रम अधिकृत राधा बोटेले बताउनु भयो ।

मध्यबिन्दु नगरपालिकाको १५ वडाबाट २-२ जना किशोरीहरुलाई साथी शिक्षकको रूपमा छनौट गरि विभिन्न तालीमहरु प्रदान गरि उनिहरुको मार्फतबाट समुदाय र बिधालयमा यस्ता तालिमहरु गर्दै आईरहेका छन् । बुधबार मध्यविन्दु नगरपालिका वडा नं २ अन्तर्गत रहेको कुमारवर्ती माध्यमिक विद्यालय, काेल्हुवामा कक्षा ११ मा अध्ययनरत १६ जना किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धि तालिम प्रदान गरिएको हो ।

किशोरीहरु र बालिकाहरुमा अझै पनि विभिन्न हिंसा, शोषण र दुर्व्यवहर भैरहने र सो समस्या समाधानको लागि पनि स्वयंम किशोरीहरुलाई यसको बारेमा तालिम दिन लागीयको किशोरी अभियन्ता अनिसा पौडेलले बताउनुभयो । कार्यक्रममा किशोरीहरुलाई हिंसा, शोषण, अधिकार र यदि कसैले हिंसा गरिहाल्न खोजेमा कसरी सुरक्षित रहने र प्रतिकार गर्ने भन्ने बारेमा शारीरिक अभ्यासहरु समेत गरिएको थियो ।

कार्यक्रममा बिधालयमा अध्ययनरत किशोरीहरु, विद्यालयका बालक्लव सम्पर्क शिक्षक जनक के .सि सहित अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Write your Comment