आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

लायन्स क्लब अफ नारायणगढ बालकुमारीले मनायो २४औं स्थापना दिवस

    प्रकाशित २०८१ मंसिर ५, बुधबार (१६ घण्टा अघि)


चितवन । लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीले आफ्नो २४औं स्थापना दिवस मनाएको छ । क्लव २००१ नोभेम्बर २० का दिन स्वर्गीय लक्ष्मीचरण श्रेष्ठको अध्यक्षतामा स्थापना गरिएको थियो । स्वर्गीय श्रेष्ठ नारायणगढमा रहेको बालकुमारीका पूर्व प्रधानाध्यापक पनि रहनुभएको थियो ।

स्थापना कालदेखि राष्ट्र तथा अन्तर्राष्ट्रीय स्तरमा समेत आफ्नो फरक पहिचान बनाउन सफल यस क्लबले स्थानिय स्तरमा समेत प्रशंसनीय सामाजिक सेवाका कार्यहरु निरन्तर रुपमा गरिरहेको छ । त्यस्तै २४ औं स्थापना दिवस मनाउने क्रममा आज नारायणगढमा रहेको कन्या माध्यमिक विद्यालयमा तातो चिसो पानीको डिस्पेन्सर वितरण गर्ने तथा कक्षा १०,११ र १२ का ८५ जना विद्यार्थीहरुको रक्त समुह पहिचान गर्ने कार्यक्रम गरेको थियो ।

क्लका अध्यक्ष शेर बहादुर पौडेलको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा क्लबका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष लोक बहादुर रानाभाट प्रमुख अतिथि रहनुभएको थियो भने बालकुमारी कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद वाग्ले, सहायक प्रधानाध्यापक अर्जुनप्रसाद भट्ट, कक्षा ६-८ तह प्रमुख खगराज ओझा, निर्णायक डायग्नोसिस रेफरल ल्याबका ल्याब टेक्निसियनद्वय शोभा पौडेल र मुन्ना कुमार तथा रोटर्‍याक्ट क्लब अफ भरतपुरका सचिव सुशान्त रेग्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वाग्लेले सामाजिक सेवाको क्षेत्रमा काम गर्ने क्लवले निरन्तर सम्झिएर विविध कार्यक्रम मार्फत विद्यालयलाई प्राथमिकतामा राखी कार्यक्रम गरिराखेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै क्लवको दिर्घकालिन र अनवरत सफलताको कामना तथा बधाई व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि संस्थापक सदस्य लोक बहादुर रानाभाट हिजो जस्तो स्थापना गरेको क्लब आज २४ बसन्त पुरा गरिसकेको छ र क्लबले लायन्स ईन्टरनेशनल र डिष्ट्रिक्टमा अलग्गै छवि, पहिचान र उचाई बनाएको स्मरण गर्दै आगामी दिनहरुमा समेत अझै सफलता प्राप्त गर्ने पथमा लागिरहनका लागि प्रेरणा मिलोस् भन्ने कामना गर्दै बधाई व्यक्त गर्नुभएको थियो ।

क्लबले विद्यालयको माग अनुसार २ थान तातो चिसो पानीको डिस्पेन्सर विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेको थियो भने कक्षा १०, ११ र १२ मा अध्ययनरत ८५ विद्यार्थीहरुको रक्त समुह पहिचान गर्ने कार्य भरतपुरको चौबिसकोठीमा रहेको निर्णायक डायग्नोसिस रेफरल ल्याबको सहयोगमा सम्पन्न गरेको क्लबका अध्यक्ष शेर बहादुर पौडेलले जानकारी दिनुभयो । कार्यक्रम संचालन क्लबका सदस्य सबिन पौडेलले गर्नुभएको थियो ।

Write your Comment