आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

देवचुलीमा लैङ्गिक समानता तथा समावेशीकरण र नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न

    प्रकाशित २०८१ मंसिर ३, सोमबार (२ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ६ मा खानेपानी, सरसफाइ तथा स्वच्छ्ता प्रवर्द्धनका लागि लैङ्गिक समानता तथा समावेशीकरण र नेतृत्व विकास तालिम सम्पन्न गरिएको हो । देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको आयोजनामा शनिबार र आइतबार दुईदिनसम्म किर्तिपुरमा तालिम संचालन गरिएको हो ।

देवचुली ६ का जनप्रतिनिधि, खानेपानी समिति , वन उपभोक्ता समिति, आमा समूह, विद्यालय व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लैङ्गिक समानता तथा समावेशीकरण र नेतृत्व विकास सम्बन्धि तालिम गरिएको वास नमुना गाउँ परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले जानकारी दिनुभयो । संविधानमा लैङ्गिक समानता सम्बन्धि रहेका एन कानुनहरु सँगै संस्थालाई नेतृत्व गर्दा ध्यान दिनुपर्ने कुरामा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

तालिममा वासविज्ञ सुशील सुवेदी र सरसफाइ सहजकर्ता यानमाया गुरुङले खानेपानी, सरसफाइ तथा स्वच्छ्ता प्रवर्द्धनमा लैङ्गिक समानता कसरी बनाउन सकिन्छ, नेपालमा रहेका कानुनहरु लगायतका विषय सहजीकरण गर्नुभएको थियो । तालिममा नेतृत्व विकास कसरी गर्ने, नेतृत्व गुणहरु र सफल नेतृत्व कसरी गर्ने भन्ने विषयमा उहाँहरूले सहजीकरण गर्नुभएको थियो ।

त्यसै गरि प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले सुरक्षित पानी र खानेपानी सुरक्षा योजनाको महत्वको बारेमा सहजीकरण गर्नुभएको थियो ।

वास नमुना गाउँ परियोजनाले देवचुली ५ र ६ मा विगत दस वर्षदेखि खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Write your Comment