काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपिएल)का खेलहरू भारतीय चर्चित स्पोर्टस च्यानल स्टार स्पोर्ट्सबाट प्रशारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार पत्रकार सम्मेलनमार्फत एनपिएलको ब्रोडकास्टिङ पार्टनर स्टार स्पोर्ट्स रहेको घोषणा गरेको हो ।
स्टार स्पोर्टसमा एनपिएल प्रत्यक्ष प्रशारण गरेर नेपाली क्रिकेटलाई गुणस्तरीय प्रविधिबाट दर्शकसामु पस्किने र अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्याउने लक्ष्य क्यानले लिएको छ ।
स्टार स्पोर्टसले भारतीय चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) लगायतका ठुला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितको पनि प्रत्यक्ष प्रशारण गर्दै आएको छ ।