आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

प्रथम बालपुरी खुला तेक्वान्दो प्रतियोगितामा नवलपुर प्रथम

    प्रकाशित २०८१ कार्तिक २६, सोमबार (१ हफ्ता अघि)


नवलपुर । प्रथम बालपुरी खुला तेक्वान्दो प्रतियोगितामा नवलपुर प्रथम भएको हो । युथ भिजन अर्गनाइजेसन विनयी त्रिवेणीको आयोजना र नवलपुर जिल्ला तेक्वान्दो संघ (आई. टी. एफ) को सह आयोजनामा विनयी त्रिवेणी वडा नम्बर ६ स्थित त्रिवेणीधाम तीन दिनसम्म प्रतियोगिता संचालन भएको हो ।

प्रतियोगितामा नवलपुरले १२ स्वर्ण, ७ रजत र १४ कास्य गरि कुल ३३ पदक प्राप्त गरि प्रथम भएको हो भने रुपन्देहीले ८ स्वर्ण, ७ रजत र ४ कास्य गरि १९ पदक सहित दोस्रो भएको हो । त्यसै गरि प्रतियोगितामा तनहुँ तेस्रो भएको छ । प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने जिल्लाले क्रमश: ३०, २० र १० हजार रुपैयाँ सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका नवलपुर जिल्ला तेक्वान्दो संघ ( आई. टि. एफ) का अध्यक्ष वीर कुँवरले जानकारी दिए ।

१२ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा १५० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सेल्फ डिफेन्स, सो प्रदर्शन, एकल स्पेयरिङ,एकल प्याटर्न, क्याटरिङ लगायतलाई विधामा प्रदर्शन गरिएको खेल संयोजक राजु आलेले बताए ।

प्रतियोगिताको आयोजक युथ भिजन अर्गनाइजेसनका अध्यक्ष अर्जुन अर्याल, वडाका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलाडी तथा स्थानीयको उपस्थितिमा सोमबार समापन गरिएको हो ।

Write your Comment