आज:  २०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

    प्रकाशित २०८१ कार्तिक १२, सोमबार (१ दिन अघि)


देवचुली । देवचुलीमा पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न भएको छ । सर्वोदय संस्थाको व्यवस्थापनमा गरिमा क्यापिटल लिमिटेडको आयोजनामा देवचुली ५ को सकलादेवी माध्यमिक विद्यालय र देवचुली १५ को जन ज्योति माध्यमिक विद्यालय र जन ज्योति आदर्श कलेजमा पूँजी बजार साक्षरता कार्यक्रम गरिएको हो ।

सर्वोदय संस्थाका अध्यक्ष युवराज वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी लगायत शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले कार्यक्रमले शेयर बजारको अवस्था र लगानीका लागि के के कुरामा ध्यान दिन सकिन्छ भन्ने कुरा प्रष्ट पार्ने बताउनुभयो । वर्तमान अवस्था शेयर बजारमा लगानी गर्दा आम्दानी सुनुश्चित हुने गरि गर्नुपर्ने उहाँले बताउनुभयो । पूँजी बजार साक्षरता कार्यक्रममा सहभागीहरुले शेयर बजारसँग सम्बन्धि कुराहरु प्रष्ट बुझ्नका लागि आग्रह गर्नुभएको थियो।

कार्यक्रममा गरिमा क्यापिटल लिमिटेडका प्रमुख व्यवसाय अधिकृत तुलसी प्रसाद आचार्य र व्यवसाय विभाग प्रमुख दिपक न्यौपानेले सहजीकरण गर्नुभएको थियो । शेयरबजारबाट कसरी आम्दानी गर्न सकिन्छ, बचत कसरी गर्ने, आत्मनिर्भर हुने कसरी , शेयरबाट कसरी मुनाफा गर्न सकिन्छ भन्ने विषयमा उहाँहरुले सहजीकरण गर्नुभएको थियो ।

सकलादेवी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा शिक्षक, अभिभावक, जनप्रतिनिधि, स्थानीय गरि ५० जनाको सहभागिता रहेको थियो । त्यसै गरि जनज्योति आदर्श कलेजका स्नातक तहमा अध्ययनरत विद्यार्थी र जन ज्योती माविमा कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थी गरि १०० जनाको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन सर्वोदय संस्थाका सचिव ठाकुरप्रसाद शर्माले गर्नुभएको थियो ।

Write your Comment