देवचुली । देवचुली नगरपालिका-२ दुम्कौलीमा जंगली च्याउ खाँदा परिवारका ५ जना बिरामी भएका छन् । धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका सबै बिरामी भएका हुन् ।
बिरामी हुनेहरुमा धनमायासहित रिदिमा राजवंशी, बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् । च्याउको तरकारी खाएका उनीहरुको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।