आज:  २०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024 Search
FLASH NEWS

प्रथम देवचुली खुला फुटबल प्रतियोगिता : आइतबार देवचुली दलित युवा समाज विजयी

    प्रकाशित २०८१ कार्तिक ४, आईतबार (२ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा संचालित प्रथम देवचुली खुला फुटबल प्रतियोगितामा आइतबार आयोजक देवचुली दलित युवा समाज विजयी भएको छ । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा देवचुली दलित युवा समाजको आयोजनामा देवचुली १४ को जन ज्योति नमुना माविको खेलमैदानमा देवचुली दलित युवा समाजका विरुद्ध न्यु नारायणी युवा क्लब कुजौलीबीच भएको खेलमा देवचुली दलित युवा समाज विजयी भएको हो ।


देवचुली दलित युवा समाजले न्यु नारायणी युवा क्लबलाई ४-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । आइतबारको खेलमा देवचुली दलित युवा समाजका विमज थापा मगर म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक समाजका अध्यक्ष राकेश बिकले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य समेत रहेको उनले बताए ।


प्रतियोगिता अन्तरगत सोमबार हर्कपुरका विरुद्ध युनाइटेड युवा क्लब गिरवारीबीच खेल हुने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रयोजक गोल्डेन इमिनेण्ट इन्टरनेशनल प्रालि रहेको छ ।

Write your Comment