आज:  २०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024 Search
FLASH NEWS

प्रथम देवचुली खुला फुटबल प्रतियोगिता : शनिबार पृथ्वी समाज सेवा क्लब र देवचुली १ विजयी

    प्रकाशित २०८१ कार्तिक ३, शनिबार (३ दिन अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा संचालित प्रथम देवचुली खुला फुटबल प्रतियोगितामा शनिबार पृथ्वी समाज सेवा क्लब र वडा युवा तथा खेलकुद विकास समिति देवचुली १ विजयी भएका छन् । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा देवचुली दलित युवा समाजको आयोजनामा देवचुली १४ को जन ज्योति नमुना माविको खेलमैदानमा पृथ्वी समाज सेवा क्लबका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लब लेजेन्डबीच भएको खेलमा पृथ्वी समाज सेवा क्लब विजयी भएको हो ।

पृथ्वी समाज सेवा क्लबले प्रगतिकला मन्दिर युवा क्लबलाई १-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । शनिबारको खेलमा पृथ्वी समाजसेवा क्लबका दोपेश थापा म्यान अफ दि म्याच भएका थिए । प्रतियोगिता अन्तरगत शनिबार भएको दोस्रो खेलमा वडा युवा तथा खेलकुद विकास समिति देवचुली १ विजयी भएको छ । वडा युवा तथा खेलकुद विकास समिति देवचुली १ का विरुद्ध कावासोती युवा क्लबबीच भएको खेलमा ट्राइबेकरमा देवचुली १ विजय हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट १/१ को बराबरी गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । दोस्रो खेलमा वडा युवा तथा खेलकुद विकास समिति देवचुली १ का मनोज माझी म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक समाजका अध्यक्ष राकेश बिकले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य समेत रहेको उनले बताए ।

Write your Comment