आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

प्रथम देवचुली खुला फुटबल प्रतियोगिता : शुक्रबार साथीभाइ फुटबल क्लब विजयी

    प्रकाशित २०८१ कार्तिक २, शुक्रबार (१ घण्टा अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १४ मा संचालित प्रथम देवचुली खुला फुटबल प्रतियोगितामा शुक्रबार साथीभाइ फुटबल क्लब विजयी भएको छ । विजयादशमी तथा शुभ दिपावलीको अवसरमा देवचुली दलित युवा समाजको आयोजनामा देवचुली १४ को जन ज्योति नमुना माविको खेलमैदानमा साथीभाइ फुटबल क्लब का विरुद्ध लक्ष्मीपुर फुटबल क्लब बीच भएको खेलमा साथीभाइ फुटबल क्लब विजयी भएको हो ।

साथीभाइ फुटबल क्लबले लक्ष्मीपुर फुटबल क्लबलाई ४-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । शुक्रबारको खेलमा साथीभाइ फुटबल क्लबका नवीन मगर म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३० हजार रुपैयाँँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजक समाजका अध्यक्ष राकेश बिकले जानकारी दिए । प्रतियोगिता संचालनबाट बचत भएको रकमबाट विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने उद्देश्य समेत रहेको उनले बताए ।

प्रतियोगिता अन्तरगत शनिबार केउरानीका विरुद्ध कावासोतीबीच खेल हुने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रयोजक गोल्डेन इमिनेण्ट इन्टरनेशनल प्रालि रहेको छ ।

Write your Comment