आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

    प्रकाशित २०८१ कार्तिक २, शुक्रबार (२ घण्टा अघि)


काठमाडौं। रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई पक्राउका लागि जिल्ला अदालत कास्कीबाट अनुमति पाएको हो ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेका बेला गोरखा मिडियामा अवैध रूपमा लगानी भएको सहकारी छानबिन संसदीय समितिले ठहर गरेको थियो । साथै संसदीय समितिले गोरखा मिडियामा रकम हिनामिनामा लामिछानेको संलग्नता रहेको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो । यही प्रकरणमा गोरखा मिडियाका तत्कालीन सञ्चालनक छाविलाल जोशी र कुमार रम्तेल पक्राउ परेका छन् भने जीबी राई फरार छन् ।

प्रहरीले पक्राउ अनुमति पाएसँगै लामिछाने पक्राउ पर्ने सम्भावना बढेको छ । उनी पक्राउ पर्ने सूचना पाएपछि शुक्रबारै विपक्षी दलहरूको बैठकसमेत बसेको थियो । जसले लामिछानेलाई पक्राउ गरे प्रतिकार गर्ने उद्घोषसमेत गरेको थियो ।

Write your Comment