आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

देवचुली १२ मा टोल स्तरीय विविध खेलकुद कार्यक्रम सम्पन्न

    प्रकाशित २०८१ आश्विन २४, बिहिबार (१ हफ्ता अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १२ मा टोल स्तरीय विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नम्बर १२ को आयोजना, वडा युवा तथा खेलकुद विकास समिति देवचुली १२ को सह आयोजना तथा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको समन्वयमा मंगलबारदेखि सुरु भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।


वडामा तीनदिनसम्म फुटबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, दौड प्रतियोगिता, ठेलो प्रतियोगिता, घैटो फुटाई प्रतियोगिता, आमा समुहहरुका लागि म्युजिकल चियर , १० वर्ष मुनिका बालबालिकाका लागि बेलुन फुक्ने प्रतियोगिता आयोजना गरिएको देवचुली १२ का अध्यक्ष लोकप्रसाद भुर्तेलले जानकारी दिनुभयो । वडामा फुटबल , ब्याडमिन्टन लगायतका खेलबाट खेलाडीहरुको वडा स्तरीय टिम निर्माण गर्नका लागि र वडाका रहेका टोलबीच आपसी भाईचारा मित्रता वृद्धि लागि प्रतियोगिताले सघाउ पुगेक उहाँले बताउनुभयो ।

सबै उमेर समुहका लागि खेल तय गरि तिनदिनसम्म विभिन्न खेलकुद गरिएको हो । मंगलबारबाट सुरु भएको कार्यक्रम अन्तरगत १० वर्षदेखि १८ वर्षसम्मको फुटबलमा रविन सारु, निशान्त ठकुरी, किशोर बिकलगायतको टिम बिजेता भएको छ भने १८ वर्षदेखि ४० वर्षसम्मको फुटबल खेलमा सुदिप रेग्मी, निरज सारु, विवेक भुर्तेल लगायतको टिम बिजेता भएको छ । त्यसै गरि ४० वर्ष माथिका ( भेट्रान्स ) फुटबलमा विश्वास काफ्ले, केदार काफ्ले, जीवन भुसाललगायतको टिमले जित निकालेको थियो ।


बिहीबार भएको घैंटो फुटाई प्रतियोगितामा विश्वास काफ्ले र प्रदिप भुर्तेलले घैंटो फुटालेका थिए । आमा समुहको म्युजिकल चियरमा ज्ञानु भुसाल र शर्मिला नेपाली विजयी भएका थिए । दौड प्रतियोगिता अन्तरगत १० वर्षदेखि १८ वर्ष उमेर समुहमा प्रशान्त सारु प्रथम, गंगा दर्लामी द्वितीय र विजन पन्त तृतीय भएका थिए । १८ वर्षदेखि ४० वर्षसम्मको दौडमा सचिन भुसाल प्रथम, मुनाल बिक द्वितीय र सुदिप रेग्मी तृतीय भएका थिए । महिला दौड तर्फ सरस्वती पाण्डे प्रथम, निर्मला पन्त जैसी द्वितीय र टिना भुर्तेल तृतीय भएका थिए ।

बिहीबार नै भएको १० वर्षमुनिका बालबालिकाका लागि बेलुन फुक्ने प्रतियोगितामा सृष्टि भुसाल प्रथम, मिसन कंडेल द्वितीय र प्रियंसा चापागाई तृतीय भएका थिए । छेलो फाल्ने प्रतियोगिता अन्तर्गत पुरुषतर्फ प्रकाश न्यौपाने र महिलातर्फ भगवती बिक प्रथम भएका थिए ।


मंगलबार सम्पन्न ब्याडमिन्टन प्रतियोगितामा चिरञ्जीवी पाण्डे र रमेशप्रसाद भुर्तेल प्रथम भएका थिए भने निर्मल भुसाल र मन्दिप भुसाल द्वितीय भएका थिए । विभिन्न खेलका विजेताहरुलाई नगद सहित मेडल र प्रमाणपत्र वितरण गरि पुरस्कृत गरिएको थियो ।

देवचुली १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेलको अध्यक्षतामा भएको खेलको पुरस्कार वितरण समारोहमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जनप्रतिनिधि, नगर तथा वडाका खेलकुद समितिका पदाधिकारीहरु, स्थानीय तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । देवचुली १२ का वडा सदस्य केदार काफ्लेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन देवचुली नगरपालिकाका कार्यपालिका सदस्य फुलमाया बिकले गर्नुभएको थियो ।

Write your Comment