आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

साविक पिठौली चौथो फुटबल प्रतियोगिता: खुला समुहमा नवरङ्गी र भेट्रान्समा प्रगतिशिल फाइनल प्रवेश

    प्रकाशित २०८१ आश्विन २४, बिहिबार (१ हफ्ता अघि)


देवचुली । कावासोती १२ मा संचालित साविक पिठौली चौथो फुटबल प्रतियोगितामा बुधबारका खेलबाट खुला समुहमा नवरङ्गी युवा क्लब (बी) र भेट्रान्समा प्रगतिशिल युवा क्लब फाइनल प्रवेश गरेको छ । नेपालीहरुको महान पर्व दशैंको अवसरमा पिठौली चौर युवा समितिको आयोजना र कावासोती १२ को सहयोगमा असोज १७ गतेदेखि २४ गतेसम्म साविक पिठौली चौथो फुटबल प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा खुल्ला र ३५ वर्ष माथिका उमेर समुह ( भेट्रान्स) गरि खेल संचालन सुरु गरिएको हो ।


प्रतियोगितामा खुला समूह अन्तरगत नवरङ्गी युवा क्लब ( बी ) ले डायमण्ड युथ सोसाइटी ( ए) लाई हराउँदै फाइनल प्रवेश गरेको हो । नवरङ्गीले डायमण्डलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले हराएको हो । खेलमा नवरङ्गी युवा क्लबका समीर महतो म्यान अफ दि म्याच भएका थिए ।

बुधबार भेट्रान्सतर्फ भएको सेमिफाइनल खेलमा प्रगतिशिल युवा क्लबले रुदौलीलाई हराउँदै फाइनल प्रवेश गरेको छ । प्रगतिशिलले रुदौलीलाई ६-० गोल अन्तरले हराएको हो । दोस्रो खेलमा प्रगतिशिल युवा क्लबका तिलक महतो म्यान अफ दि म्याच भएका थिए ।


साविक पिठौली गाविस हाल कावासोती ११,१२ र १३ भित्र बसोबास गर्ने खेलाडीहरु मात्र सहभागी हुन पाउन प्रतियोगितामा खुला उमेर समुहमा ९ टिम र ३५ वर्ष माथिका उमेर समुहको ७ टिमको सहभागिता रहेको छ । खुल्ला उमेर समुहमा बिजेता टिमले नगद १७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ भने उप बिजेताले नगद १२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ । ३५ वर्ष माथिका उमेर समुहमा बिजेता टिमले नगद १३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ भने उप बिजेताले नगद ८ हजार ८ सय ८८ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा बिहीबार खुला उमेर समूह अन्तरगत प्रगतिशिल युवा क्लब ( ए) का विरुद्ध नवरङ्गी युवा क्लब ( बी ) बीच र भेट्रान्स तर्फ प्रगतिशिल युवा क्लबका विरुद्ध डायमण्ड युथ सोसाइटीबिच फाइनलको खेल हुने आयोजक क्लबका अध्यक्ष सागर गुरुङले जानकारी दिए ।

Write your Comment