आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

कावासोतीमा गैंडासँग मोटरसाइकल ठक्कर खाँदा दुई जना घाइते

    प्रकाशित २०८१ आश्विन २३, बुधबार (१ हफ्ता अघि)


कावासोती । कावासोती ८ खरकट्टा जंगलमा गैंडासँग मोटरसाइकल ठक्कर खाँदा दुई जना घाइते भएका छन् । आज दिउँसो अन्दाजी २ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती न.पा.८ खरकट्टा जंगल स्थित बुटवलबाट काठमाण्डौ तर्फ जादै गरेको ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल बाटो क्रस गर्दै गरेको गैँडासंग अचानक ठक्कर खाएको हो ।

मोटरसाइकलमा सवार जिल्ला दोलखा बैतेश्वर गा.पा.४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ कागेश्चरी मनहरा न.पा.७ बस्ने अन्दाजी ३०/३२ वर्षका प्रदिप न्यौपाने र मोटरसाईकल चालक जिल्ला दोलखा बैतेश्वर गा.पा.४ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ कागेश्चरी मनहरा न.पा.७ बस्ने अन्दाजी ३०/३५ वर्षका कृष्ण दाहाल घाइते भएका हुन् । घाइतेमध्ये  मोटरसाईकल चालक दाहाल गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइतेहरुको उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Write your Comment