आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि प्रगतिकला मन्दिरलाई

    प्रकाशित २०८१ आश्विन २३, बुधबार (१ हफ्ता अघि)


देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि प्रगतिकला मन्दिर युवा क्लबले जितेको छ । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा संचालित प्रतियोगितामा आयोजक देव प्रगति युवा समाजलाई हराउँदै प्रगतिकला मन्दिर युवा क्लबले उपाधि रक्षा गरेको हो ।


मंगलबार भएको फाइनल खेलमा आयोजकलाई १-० गोल अन्तरले हराएको हो । खेलमा प्रगतिकला मन्दिर युवा क्लबका मनु कुमालले गोल गरेका थिए ।

प्रतियोगिताको बिजेता हुँदै प्रगतिकला मन्दिरले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता आयोजक देव प्रगति युवा समाजले
३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा प्रगतिकला मन्दिरका स्यामुल थापा उत्कृष्ट खेलाडी, देव प्रगति युवाबसमाजका विशाल बिक सर्वोकृष्ट गोलरक्षक, देव प्रगति युवा समाजका अर्जुन सुनार उत्कृष्ट डिफेन्डर र देव प्रगति युवा समाजकै नवीन थापा सर्वाधिक गोलकर्ता भएका थिए । उनीहरुले नगद ३ हजार रुपैयाँ सहित मेडल प्राप्त गरेका थिए ।


असोज ९ गतेबाट ३० टिमको सहभागितामा संचालन भएको प्रतियोगिताको समापन समारोहमा देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । देव प्रगति युवा समाजका अध्यक्ष त्रिलोचन पराजुलीको अध्यक्षता समापन समारोहमा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली ७ का अध्यक्ष भुमिसरा थापा, देवचुली ८ का अध्यक्ष नुनप्रसाद बाचे मगर, देवचुली ९ का अध्यक्ष बलिराम सापकोटा, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रमको संचालन देव प्रगति युवा समाजका संस्थापक अध्यक्ष भुमिलाल लामिछानेले गरेका थिए ।


प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको थियो भने सह प्रायोजकमा इक्सान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेको थियो ।

Write your Comment