आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

बालिकाहरुमाथिको विभेद अन्त्यको लागि किशोरीमा लगानी आवश्यक : सरोकारवाला

    प्रकाशित २०८१ आश्विन २२, मंगलबार (१ हफ्ता अघि)


मध्यबिन्दु। २१ औं शताब्दीमा आईपुग्दा पनि बालिकाहरु र किशोरीहरुमाथि विभिन्न स्वरुपका विभेदहरु र असमानता रहेको साथै यसको न्यूनीकरण र विभेद अन्त्यको लागि वर्तमानमा किशोरीहरुमा लगानी गर्नुपर्ने मध्यबिन्दु नगरपालिकाका सरोकारवालाले बताएका छन । अन्तर्राष्ट्रिय बालिका दिवस २०२४ को पुर्व सन्ध्यामा जागृति बाल तथा युवा सरोकार नेपालले मध्यबिन्दु नगरपालिकामा आयोजित छलफल र अनुभव आदानप्रदान समारोहमा बोल्ने वक्ताहरुले सो बताएका हुन् ।


मध्यबिन्दु नगरका नगर प्रमुख भिमलाल अधिकारीले किशोरीहरु, महिलाहरुमाथि विभिन्न स्वरुपमा हिंसा, विभेद र असमानताहरु रहेको साथै यसको रोकथाम गरि सुखी र खुसी नगर निर्माणमा नगरको नेतृत्व लागेको बताउनुभयो । वर्तमानका किशोरीहरु नै परिवर्तनका हिमायती रहेका र यो उमेर समुहलाई नै सिकाउँदै अरुलाई पनि सिकाउन सकिय प्रभावकारी र दिगो रूपमा हिंसा र शोषणको अन्त्य सम्भव रहेको बताउनुभयो । स्थानीय सरकारहरु नजिकको सरकार रहेको र सबैको अभिभावकको रूपमा काम गर्न तयार रहेकोले सबै किशोरीहरुले आफुलाई परेको समस्याहरु निर्धक्क भएर भन्न सक्ने हुनुपर्ने र यसको लागि सरोकारवालाहरु सबैले साझा लक्ष्य र उदेश्य राख्नुपर्ने बताउनु भएको थियो ।

नगरको प्राथमिकता भित्र बालिकाहरु र महिलाहरूलाई हिंसा रहित बाताबरणमा बस्नको लागि प्रतिबद्ध रहेको, सबै संघसंस्थाहरु र सरोकारवालाहरुले हातेमालो गर्नुपर्ने मध्यबिन्दु नगरका उपप्रमुख पुर्णकला चौधरीले बताउनु भयो।


कार्यक्रममा बालिका दिवसको सन्दर्भ र नेपालको अवस्थाको बारेमा जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले अक्टोबर ११ का प्रत्येक बर्ष मनाउने गरिएको र दिवसहरु मात्र मनाउनु भन्दा पनि समग्र बालिका र किशोरीका लागि सवैले चासो राखी लगानीको सुनिश्चितता गर्नुपर्ने बताउनु भएको थियो ।
किशोरीहरुमा हिजोबाट नै विभेदको रोकथामको लागि पहल गरिनुपर्ने र त्यो नहुँदा आज पनि धेरै छोरीहरु जन्मन नपाउँदै मर्नुपरेको, जन्मेका छोरीहरु पनि भाग्यवश जन्मिन पाएको मध्यबिन्दु नगरका शिक्षा शाखा प्रतिनिधि गिता चापागाईंले आफ्नो अनुभव राख्नुभएको थियो ।

कार्यक्रममा कावासोतीका किशोरी अभियन्ताहरु र नगर बाल संजालका प्रतिनिधिहरुले सचेतनामुलक नाटक प्रस्तुत गरि स्वयम् बालबालिका र किशोरकिशोरीहरुले आफ्नो दायित्व बुझ्न पर्ने र अधिकार सगै कर्तव्यको पनि बोध गर्नुपर्ने संदेश प्रवाह गर्नुभएको थियो । अनलाईनको दुरुपयोग, लागू औषध, बाल विवाह र अन्य समस्याहरुमा कसरी सुरक्षित रहने भन्ने बारेमा सो नाटकमा प्रस्तुति गरिएको थियो ।

कार्यक्रम किशोरी अभियन्ता रेजिना घर्ती मगरले सहजीकरण गर्नुभएको थियो भने सभाध्यक्ष संस्कृति भट्टराई रहनुभयको थियो । कार्यक्रममा देवचुली, कावासोती र मध्यबिन्दुका किशोरीहरु, नवलपुर किशोरी संजाल, नगर बाल संजालहरु र मध्यबिन्दुका विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Write your Comment