आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

साविक पिठौली चौथो फुटबल प्रतियोगिता: खुला समुहमा नवरङ्गी र भेट्रान्समा प्रगतिशिल सेमिफाइनल प्रवेश

    प्रकाशित २०८१ आश्विन २२, मंगलबार (१ हफ्ता अघि)


देवचुली । कावासोती १२ मा संचालित साविक पिठौली चौथो फुटबल प्रतियोगितामा सोमबारका खेलबाट खुला समुहमा नवरंगी युवा क्लब र भेट्रान्समा प्रगतिशिल युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । नेपालीहरुको महान पर्व दशैंको अवसरमा पिठौली चौर युवा समितिको आयोजना र कावासोती १२ को सहयोगमा असोज १७ गतेदेखि २४ गतेसम्म साविक पिठौली चौथो फुटबल प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगितामा खुल्ला र ३५ वर्ष माथिका उमेर समुह ( भेट्रान्स) गरि खेल संचालन सुरु गरिएको हो ।


प्रतियोगितामा खुला समूह अन्तरगत नवरङ्गी युवा क्लब (बी) ले पिठौली चौर युवा समितिलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । नौरङ्गीले पिठौलीलाई ३-० गोल अन्तरले हराएको हो । खेलमा नवरङ्गी युवा क्लबका विप्लव चौधरी म्यान अफ दि म्याच भएका थिए ।

सोमबार भेट्रान्सतर्फ भएको खेलमा प्रगतिशिल युवा क्लबले पिठौली चौर युवा समिति (बी) लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । प्रगतिशिलले पिठौलीलाई १-० गोल अन्तरले हराएको हो । दोस्रो खेलमा प्रगतिशिल युवा क्लबका विजय गुरुङ म्यान अफ दि म्याच भएका थिए ।


साविक पिठौली गाविस हाल कावासोती ११,१२ र १३ भित्र बसोबास गर्ने खेलाडीहरु मात्र सहभागी हुन पाउन प्रतियोगितामा खुला उमेर समुहमा ९ टिम र ३५ वर्ष माथिका उमेर समुहको ७ टिमको सहभागिता रहेको छ । खुल्ला उमेर समुहमा बिजेता टिमले नगद १७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ भने उप बिजेताले नगद १२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ । ३५ वर्ष माथिका उमेर समुहमा बिजेता टिमले नगद १३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ भने उप बिजेताले नगद ८ हजार ८ सय ८८ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा मंगलबार खुला उमेर समूह अन्तरगत प्रगतिशिल युवा क्लब ( ए) का विरुद्ध पिठौली चौर युवा समिति ( ए ) बीच पहिलो सेमिफाइनल र भेट्रान्स तर्फ डायमण्ड युथ सोसाइटीका विरुद्ध कुढौलीबिच सेमिफाइनलको खेल हुने आयोजक क्लबका अध्यक्ष सागर गुरुङले जानकारी दिए ।

Write your Comment