आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता : प्रगतिकला, बाल स्टार, साथीभाइ र आयोजक सेमिफाइनल प्रवेश

    प्रकाशित २०८१ आश्विन २०, आईतबार (१ महिना अघि)


देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतबारका खेलबाट प्रगतिकला मन्दिर युवा क्लब, बाल स्टार हसौरा, साथीभाई फुटबल क्लब र आयोजक देव प्रगति युवा समाज सेमिफाइनल प्रवेश गरेका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा बेलुवा फुटबल क्लबका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लब ए बिच भएको पहिलो क्वाटर फाइनल खेलमा प्रगतिकला मन्दिर युवा क्लब ए विजयी भएको हो ।

प्रगतिकला मन्दिर युवा क्लब (ए) ले बेलुवा फुटबल क्लबलाई ४-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा प्रगतिकला मन्दिर युवा क्लब (ए) का सदिप क्षेत्री म्यान अफ दि म्याच भएका थिए ।

आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा आयोजक बाल स्टार हसौरा भएको छ । अभिषेक चर्च रजहरका विरुद्ध बाल स्टार हसौराबिच भएको खेलमा बाल स्टार हसौरा विजयी भएको हो । बाल स्टार हसौराले अभिषेक चर्च रजहरलाई ४-० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा बाल स्टार हसौराका सर्जित गुरुङ म्यान अफ दि म्याच भएका थिए ।

तेस्रो क्वाटर फाइनल खेलमा साथीभाई फुटबल क्लब विजयी भएको छ । साथीभाई फुटबल क्लबले देवचुली लेजेण्टलाई १-० गोल अन्तरले हराउँदै सेमि फाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा साथीभाई फुटबल क्लबका निरज मगर म्यान अफ दि म्याच भएका थिए । आइतबारको चौथो क्वाटर फाइनल खेलमा आयोजक देव प्रगति युवा समाज विजयी हुँदै सेमि फाइनल प्रवेश गरेको हो । देव प्रगति युवा समाजले फाराम खेलकुद विकास समितिलाई ३-० गोल अन्तरले हराएको हो । चौथो खेलमा आयोजक देव प्रगति युवा समाजका नविन मगर म्यान अफ दि म्याच भएका थिए ।


३० टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । प्रतियोगितामा सोमबार सेमि फाइनलका खेलहरु हुनेछन् । सेमिफाइनलमा प्रगतिकला मन्दिर युवा क्लब (ए) का विरुद्ध बाल स्टार हसौरा र देवप्रगती युवा समाजका विरुद्ध साथीभाई फुटबल क्लबकाबिच खेल हुने आयोजकले जनाएको छ ।प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ भने सह प्रायोजकमा इक्सान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेका छन् ।

Write your Comment