आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता : शनिबार अभिषेक चर्च, आयोजक, देवचुली लेजेण्ट, साथीभाई र फाराम विजयी

    प्रकाशित २०८१ आश्विन १९, शनिबार (२ घण्टा अघि)


देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा शनिबार अभिषेक चर्च रजहर, आयोजक देव प्रगति युवा समाज, देवचुली लेजेण्ट, साथीभाई फुटबल क्लब र फाराम खेलकुद विकास समिति विजयी भएका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा अभिषेक चर्च रजहरका विरुद्ध योङ स्टार क्लब कावासोतीबिच भएको पहिलो खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो ।

अभिषेक चर्च रजहरले योङ स्टार क्लबलाई २-१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा अभिषेक चर्च रजहरका रोशन क्षेत्री म्यान अफ दि म्याच भएका थिए ।

शनिबार भएको दोस्रो खेलमा आयोजक देव प्रगति युवा समाज भएको छ । नारायणी युवा क्लबका विरुद्ध देव प्रगति युवा समाजबिच भएको खेलमा देव प्रगति युवा समाज विजयी भएको हो । देव प्रगति युवा समाजले नारायणी युवा क्लबलाई ३-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा आयोजक देव प्रगति युवा समाजका नविन थापा म्यान अफ दि म्याच भएका थिए ।

तेस्रो खेलमा देवचुली लेजेण्ट विजयी भएको छ । देवचुली लेजेण्टले देवचुली अन्डर १७ लाई २-१ गोल अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा देवचुली लेजेण्टका प्रमेश नेपाल म्यान अफ दि म्याच भएका थिए । शनिबारको चौथो खेलमा साथीभाई फुटबल क्लब विजयी हुँदै क्वाटर फाइनल प्रवेश गरेको हो । साथीभाई फुटबल क्लबले नेपाल कराँते महासंघ देवचुलीलाई ४-१ गोल अन्तरले हराएको हो । चौथो खेलमा साथीभाई फुटबल क्लबका दिपेश मगर म्यान अफ दि म्याच भएका थिए ।

शनिबारको पाँचौ खेलमा फाराम खेलकुद विकास समिति विजयी हुँदै क्वाटर फाइनल प्रवेश गरेको छ । फारामले प्रगतिकला मन्दिर युवा क्लब (बी) लाई ट्राइबेकरमा ३-२ गोल अन्तरले हराउँदै विजयी भएको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट २/२ को बराबरी गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो । पाँचौ खेलमा फाराम खेलकुद विकास समितिका विपिन सुनार म्यान अफ दि म्याच भएका थिए ।

३० टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । प्रतियोगितामा आइतबार क्वाटर फाइनलका खेलहरु हुनेछन् । क्वाटरफाइनलमा बेलुवा फुटबल क्लबका विरुद्ध प्रगतिकला मन्दिर युवा क्लब (ए), अभिषेक चर्च रजहरका विरुद्ध बाल स्टार हसौरा, देवप्रगती युवा समाजका विरुद्ध फाराम खेलकुद विकास समिति र साथीभाई फुटबल क्लबकाविरुद्ध देवचुली लेजेण्ट बिच खेल हुने आयोजकले जनाएको छ ।प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ भने सह प्रायोजकमा इक्सान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेका छन् ।

Write your Comment