आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

संजय देवकोटाको पहिलो गित ‘कुरा बुझिदेउ न’ सार्वजनिक

    प्रकाशित २०८१ आश्विन १८, शुक्रबार (१ दिन अघि)


नवलपुर । नवलपुरमा युवा पुस्तामा लोकप्रिय गायक संजय देवकोटाको पहिलो गित ‘कुरा बुझिदेउ न’ सार्वजनिक भएको छ । युट्युब च्यानल डिटिएम मिडियाले बिहीवार युट्युबमार्फत र कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शो गरेर सार्वजनिक गरेको हो । श्रीधर अधिकारीको शब्द तथा संगीत रहेको यो गितमा गायक संजय देवकोटा र चर्चित गायिका ऐलिना चौहानले स्वर दिएका छन् ।

गायक संजय देवकोटाले गितमा मोडलिङ पनि गरेका छन् । उनि चितवन र नवलपुरमा हुने धेरै सांगितिक कार्यक्रमहरुमा प्रस्तोता र गायकको रुपमा देखिने गरेका छन । गायक तथा मोडल दुर्गेश थापा, संचिता बोलाके, प्रिंसिका श्रेष्ठले पनि गितमा मोडलिङ गरेका छन् ।

गितमा एचबिएन किस्मतको संगीत संयोजन रहेको छ । संजय विश्वकर्माको निर्देशन र अर्जुन कंडेलको सहनिर्देशन बनेको गितको छायांकन सुरेश काफ्ले र आरडि दुलालले गरेका हुन् । यो गितको छायांकन नवलपुर र चितवनका विभिन्न स्थानमा गरिएको हो ।

Write your Comment