आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

साविक पिठौली चौथो फुटबल प्रतियोगिता: प्रगतिशिल युवा क्लबको विजयी सुरुवात

    प्रकाशित २०८१ आश्विन १७, बिहिबार (२ दिन अघि)


देवचुली । कावासोती १२ मा साविक पिठौली चौथो फुटबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान पर्व दशैंको अवसरमा पिठौली चौर युवा समितिको आयोजना र कावासोती १२ को सहयोगमा असोज १७ गतेदेखि २४ गतेसम्म साविक पिठौली चौथो फुटबल प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको उदघाटन जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्माले गर्नुभएको हो । प्रतियोगितामा खुल्ला र ३५ वर्ष माथिका उमेर समुह ( भेट्रान्स) गरि खेल संचालन सुरु गरिएको हो ।

प्रतियोगितामा प्रगतिशिल युवा क्लब (ए) का विरुद्ध डायमण्ड युथ सोसाइटी (बी) बिच भएको उदघाटन खेलमाप्रगतिशिल युवा क्लब (ए) विजयी भएको छ । प्रगतिशिल युवा क्लब (ए) ले डायमण्ड युथ सोसाइटी (बी) लाई ६-० को गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । उदघाटन खेलमा प्रगतिशिल युवा क्लब (ए) का मिसन बोहरा म्यान अफ दि म्याच भएका थिए ।

साविक पिठौली गाविस हाल कावासोती ११,१२ र १३ भित्र बसोबास गर्ने खेलाडीहरु मात्र सहभागी हुन पाउन प्रतियोगितामा खुला उमेर समुहमा ९ टिम र ३५ वर्ष माथिका उमेर समुहको ७ टिमको सहभागिता रहेको छ । खुल्ला उमेर समुहमा बिजेता टिमले नगद १७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ भने उप बिजेताले नगद १२ हजार २ सय २२ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ । ३५ वर्ष माथिका उमेर समुहमा बिजेता टिमले नगद १३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ भने उप बिजेताले नगद ८ हजार ८ सय ८८ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

पिठौली चौर युवा समितिका अध्यक्ष सागर गुरुङको अध्यक्षतामा भएको प्रतियोगिता उदघाटन समारोहमा जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि उदघाटनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, कावासोती ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारी, कावासोती १३ का वडा अध्यक्ष लालबहादुर गुरुङ, दाजुभाइ हार्डवेयरका संचालक हेमु पाण्डे, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीको उपस्थिति रहेको थियो ।

 

Write your Comment