आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

देवचुली ६ मा दशैं विशेष खेलकुद लगायत सांस्कृतिक कार्यक्रम हुने

    प्रकाशित २०८१ आश्विन १७, बिहिबार (२ दिन अघि)


देवचुली । देवचुली ६ मुण्डेमा दशैं विशेष खेलकुद लगायत सांस्कृतिक कार्यक्रम हुने भएको छ । विजयादशमीको अवसरमा नवदुर्गा युवा क्लबको आयोजनामा असोज १८ गतेदेखि २५ गतेसम्म मुण्डे प्रवेश द्वार नजिकै रहेको प्लटिङमा कार्यक्रम हुने भएको हो ।

क्लबले असोज १८ गतेबाट खुला जुनियर पुरुष भलिबल प्रतियोगिता सुरु गरिने आयोजकले जनाएको छ । भलिबलमा प्रथम हुने टिमले नगद १४ हजार रुपैयाँ सहित मेडल प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ८ हजार रुपैयाँ सहित मेडल प्राप्त गर्नेछ। त्यसै गरि तृतीय हुने टिमले नगद ५ हजार रुपैयाँ सहित मेडल प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कुल गाहाले जानकारी दिए ।

क्लबले असोज २३ गते महिला/पुरुष डोरी तान्ने प्रतियोगिता गरिनेछ । उक्त प्रतियोगितामा बिजेतालाई नगद ४ हजार पुरस्कारको व्यवस्था रहेको छ । त्यसै गरि असोज २४ गते खुला नृत्य प्रतियोगिता गरिने जनाइएको छ । नृत्य प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद ८ हजार, ५ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

असोज २५ गते क्लबले सांस्कृतिक कार्यक्रम संचालन गर्ने जनाएको छ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक रामजी खाँण, गायिका नितु पुन मगर, सपना परियार लगायत स्थानीय कलाकारको प्रस्तुति रहने जनाइएको छ।

Write your Comment