आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

बाढीपहिरोबाट अवरुद्ध भएका सडकखण्ड अझै अवरुद्ध (सूचीसहित)

    प्रकाशित २०८१ आश्विन १७, बिहिबार (१ महिना अघि)


काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षाको कारण आएको बाढीपहिरोबाट अवरुद्ध भएका सडक तथा राजमार्ग केही खुले पनि केही सडक अझै पूर्णरुपमा ठप्प रहेका छन् ।

नेपाल प्रहरीले आज बिहान सडक तथा राजमार्गहरुको अवस्थाबारे जानकारी दिँदै काठमाडौँ उपत्यकासहितका साना सडकदेखि कतिपय राजमार्ग समेतमा अझै सवारी सञ्चालन हुन नसकेको उल्लेख गरेको छ ।

प्रहरीका अनुसार पहिरोका कारण काठमाडौं उपत्यकाअन्तर्गत दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्ड अझै पूर्ण रुपमा अवरुद्ध छ भने ललितपुरको गोदवारी नगरपालिका–६ स्थित लेले टिकाभैरव जाने सडक एकतर्फी सञ्चालनमा आएको छ ।

यस्तै, मकवानपुर–कुलेखानी–मार्खु सडक, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक, सिस्नेरी–दक्षिणकाली सडकखण्ड तथा कान्तिलोकपथ पूर्ण रुपमा अवरुद्ध छन् ।

यसैगरी, बीपी राजमार्ग अन्तर्गत भकुण्डेदेखि खुर्कोटसम्मको खण्ड ठप्प रहेको छ ।

Write your Comment