आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

नवलपुरमा सार्वजनिक बसमा सादा पोशाकका प्रहरीले निगरानी गर्ने

    प्रकाशित २०८१ आश्विन १६, बुधबार (३ दिन अघि)


दयाराम आचार्य, नवलपुर । नवलपरासी पूर्व नवलपुरमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा हुन सक्ने चोरी ,लुटपाट अन्य घटना नियन्त्रण गर्न विशेष योजना तयार पारिएको हालै जिल्ला प्रहरी कार्यालय नवलपुरमा आउनुभएका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।

प्रहरीले चाडपर्वको समयमा यात्रुबसमा विशेष निगरानी राख्ने भएको छ । जस अनुसार जिल्लाको गैंडाकोट देखि दाउन्ने सम्म यात्रु बसमा सादा पोशाकका प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । बस भित्र हुने सक्ने चोरी, लुटपाट, बढी भाडा लिए नलिएको लगायतको निगरानीका लागि सादा पोशाकका प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

गैंडाकोटबाट प्रवेश गर्ने बसमा उक्त स्थानबाट सादा पोशाकका प्रहरी बसमा चढ्ने र दाउन्नेतर्फबाट आउने बसमा सोही स्थानबाट प्रहरी बसमा चढेर निगरानी गर्नेछन् । सबै बसमा निगरानी गर्न सम्भव नभएपनि छड्के रुपमा यस क्षेत्रमा चल्ने बसमा प्रहरीले निगरानी गर्ने प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

कुनै शंकास्पद गतिविधि देखिए,यात्रुलाई कुनै असजिलो परे उक्त सूचना नजिकको प्रहरी कार्यालयमा दिने र प्रहरीले आवश्यकता अनुसारको कारवाही गर्ने उहाँको भनाई रहेको छ । प्रहरीले सार्वजनिक क्षेत्र, यात्रु चढ्ने ,उत्रने मुख्य स्थानहरुमा समेत निगरानी बढाउने उहाँले बताउनुभयो ।यात्रु सहायताका लागि जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष समेत निर्माण गरिने उहाँको भनाई छ ।

यस बाहेक प्रहरीले विभिन्न युनिट निर्माण गरि अन्य क्षेत्रमा गस्ति गर्ने उहाँले बताउनुभयो । चाडपर्वको समया हुन सक्ने घटना नियन्त्रणका लागि सुरक्षा प्रदान गर्न जिल्ला भर ३ सय ४५ प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । उहाँले पत्रकारसँगको भेटघाटमा आफूले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, प्राकृतिक स्रोतको चोरी नियन्त्रण गर्न, जुवातास लगायतका अवैध गतिविधि नियन्त्रण गर्न लागि पर्ने बताउनुभयो ।

Write your Comment