आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता : बुधबार योङ स्टार र भगवती एकता विजयी

    प्रकाशित २०८१ आश्विन १६, बुधबार (३ दिन अघि)


देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा बुधबार योङ स्टार क्लब र भगवती एकता युवा क्लब विजयी भएका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा रजहर फुटबल क्लबका विरुद्ध योङ स्टार क्लब कावासोती बिच भएको पहिलो खेलमा योङ स्टार क्लब विजयी भएको हो ।

योङ स्टार क्लब कावासोतीले रजहर फुटबल क्लबलाई ६-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो खेलमा स्याउली फुटबल क्लबका मिलन मगर म्यान अफ दि म्याच भएका थिए ।

बुधबार नै भएको दोस्रो खेलमा भगवती एकता युवा क्लब विजयी भएको छ । लेकाली युवा क्लबका विरुद्ध भगवती एकता युवा क्लबबिच भएको खेलमा भगवती एकता युवा क्लब विजयी भएको हो । भगवती एकता युवा क्लबले लेकाली युवा क्लबलाई ट्राइबेकरमा २-० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो खेलमा भगवती एकता युवा क्लबका अजित महतो म्यान अफ दि म्याच भएका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल संयोजक अर्पण सुबेदीले जानकारी दिए । प्रतियोगितामा बिहीबार देवचुली ११ का विरुद्ध देव प्रगति युवा समाज (बी), शान्तिदिप युवा क्लबका विरुद्ध नेपाल कँराते महासंघ देवचुली र अभिषेक चर्च रजहरका विरुद्ध पृथ्वी समाज सेवा क्लब बिच खेल हुने आयोजकले जनाएको छ ।प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज भरतपुर रहेको छ भने सह प्रायोजकमा इस्कान कोरिया भाषा इन्टिच्युट र स्मार्ट लिंक नेटवर्क रहेका छन् ।

Write your Comment