आज:  २०८१ आश्विन १९, शनिबार | Sat, 05, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा बुधबारबाट जुनियर खुला पुरुष भलिबल प्रतियोगिता हुने

    प्रकाशित २०८१ आश्विन १५, मंगलबार (४ दिन अघि)



देवचुली । देवचुली १४ मा बुधबारबाट जुनियर खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान चाड विजयादशमीको पावन अवसरमा देवचुली युवा समाजको आयोजनामा असोज १६ गतेबाट अस्थायी प्रहरी चौकी अगाडि रहेको खेलमैदानमा प्रतियोगिता संचालन गर्न लागिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार ९ सय ९९ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद १० हजार ९ सय ९९ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि तृतीय हुने टिमले नगद ५ हजार ९ सय ९९ रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था रहेको खेल संयोजक विजय थापा मगरले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक देवचुली स्केट हाउस, दलदले रहेको छ ।

Write your Comment