आज:  २०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024 Search
FLASH NEWS

गण्डकी प्रदेशको स्वास्थ्य सूचकको आधारमा बुलिङटार गाउँपालिका सर्वोकृष्ट स्थानीय तह

    प्रकाशित २०८१ आश्विन १०, बिहिबार (३ हफ्ता अघि)


तिर्थराज डुम्रे, नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिका स्वास्थ्य सूचकहरुको आधारमा गण्डकी प्रदेशको सर्वोकृष्ट स्थानीय तह बन्न सफल भएको छ । गण्डकी प्रदेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०८०-०८१ मा खोप कार्यक्रम, परिवार नियोजन कार्यक्रम, सुरक्षित मातृत्व लगायत विभिन्न ३१ वटा सूचकहरुमा आधारित रहेर गरेको मुल्यांकनमा प्रदेश भित्रका स्थानीय तहहरुमा बुलिङटार गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

बिहिबार गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले पोखरामा आयोजित एक कार्यक्रममा गाउँपालिकालाई सम्मान–पत्रद्वारा सम्मानित गर्नु भएको छ । प्रदेश स्तरीय समीक्षा गोष्ठी कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले सम्मान–पत्र ग्रहण गर्नुभयो । सम्मान–पत्र ग्रहण गर्दै गाउँपालिका अध्यक्ष सुनारीले भूगोलको दृष्टिकोणले दुर्गम स्थानमा रहेको भएतापनि स्वास्थ्यको क्षेत्रमा गाउँपालिकाले प्राप्त गरेको सफलता गौरवको विषय भएको बताउनुभयो । स्थानीय सरकारले तय गरेको “बस्न योग्य, हेर्न लायक समृद्ध बुलिङटार” को एउटा महत्वपूर्ण आधारशीलाको रुपमा स्वास्थ्य क्षेत्रमा भएको सुधार रहेको उल्लेख गर्नु भएको थियो ।

गाउँपालिकाको स्वास्थ्य शाखा, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य ईकाइमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको लगनशीता र जनउत्तरदायी कार्यको प्रतिफलको रुपमा प्राप्त उपलब्धीलाई आफुले हरेको सुनारीले बताउनुभयो ।नवलपरासी पूर्वको पहाडी क्षेत्रमा रहेको बुलिङटार गाउँपालिकाको समग्र बिकास लागि सबै पक्षसंगको समान बुझाई र समझदारीका साथ अगाडी बढिरहेको गाउँपालिका अध्यक्ष सुनारीले बताउनुभयो ।

सम्मान कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठ, प्रशासन शाखा प्रमुख सिताराम खनाल समेत सहभागी हुनुहुन्थ्यो ।

Write your Comment