देवचुली । थारु महिलाहरुको महान चाड जितियाको अवसरमा देवचुली नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । असोज ९ गते बुधबारका दिन आदिवासी थारु जातिको विशेष चाड जितियाको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
नगरप्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा जितियाको अवसरमा नगरपालिका अन्तरगतका सरकारी कार्यालय, शैक्षिक संघसंस्था तथा सार्वजनिक संस्थाहरुमा बिदा दिइएको जनाइएको छ ।