आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

चौंथो जितिया कप महिला फुटबल प्रतियोगिता : अभिषेक चर्च रजहर फाइनल प्रवेश

    प्रकाशित २०८१ आश्विन ६, आईतबार (६ महिना अघि)


देवचुली । कावासोती १२ मा संचालित सेन्ट्रल कलेज चौंथो जितिया कप महिला फुटबल प्रतियोगिता आइतबार अभिषेक चर्च रजहर विजयी भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा आइतबार अभिषेक चर्च रजहरका विरुद्ध राप्ती नगरपालिकाबिच भएको खेलमा अभिषेक चर्च रजहर विजयी भएको हो ।

अभिषेक चर्च रजहरले राप्ती नगरपालिकालाई ५-० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । आइतबारको खेलमा अभिषेक चर्च रजहरका बिर्सना चौधरी म्यान अफ दि म्याच भएका थिए ।

नवलपुर र चितवनबाट ६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने दुई टिमले १०/१० हजार रुपैयाँ पाउने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत सोमबार जगतपुर फुटबल क्लबका विरुद्ध अभिषेक चर्च रजहरबिच फाइनल खेल हुने आयोजकले जनाएको छ ।

Write your Comment