देवचुली । राष्ट्रिय युवा संघ नेपाल देवचुली नगरपालिकाकाे राज्य पुर्नसंरचना पश्चातकाे पहिलाे अधिवेशन असाेज १२ गते शनिबार हुने भएको छ । संघकाे जिल्ला सचिवालय बैठकबाट जिल्लाभरिकाे पालिका अधिवेशनकाे मिति ताेकेकाे छ ।
जिल्लाले अधिवेशन मिति तोकेपछी देवचुली नगरपालिकामा अधिवेशनकाे तयारी थालिएको आयाेजकले जनाएको छ । आयोजकका अनुसार अधिवेशनका लागि वडाबाट प्रतिनिधि चयन सुरु गरिएको छ । पालिका भरिबाट ८५ जना प्रतिनिधि तथा २५ जना आयाेजक सहित एकसय दस जना प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् । देवचुली नगरपालिकाकाे आयाेजक समितिले विभिन्न उपसमितिहरु निर्माण गरि अधिवेशनकाे तयारीमा लागेको जनाएको छ।