आज:  २०८१ आश्विन ५, शनिबार | Sat, 21, Sep, 2024 Search
FLASH NEWS

चौंथो जितिया कप महिला फुटबल प्रतियोगिता : जगतपुर फुटबल क्लबको विजयी सुरुवात

    प्रकाशित २०८१ आश्विन ४, शुक्रबार (२३ घण्टा अघि)


देवचुली । कावासोती १२ मा सेन्ट्रल कलेज चौंथो जितिया कप महिला फुटबल प्रतियोगिता सुरु भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल मैदानमा प्रतियोगिता सुरु गरिएको हो ।

बिहीबार भएको प्रतियोगिताको उदघाटन खेलमा जगतपुर फुटबल क्लब विजयी भएको छ । जगतपुर फुटबल क्लब र नवलपुर फुटबल क्लबबिच भएको खेलमा जगतपुरले २-० गोल अन्तरले नवलपुरलाई हराएको हो ।

नवलपुर र चितवनबाट ६ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद ३५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि सेमिफाइनलमा पुग्ने दुई टिमले १०/१० हजार रुपैयाँ पाउने आयोजक क्लबका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिता अन्तरगत शुक्रबार कालिका युवा क्लब राप्ती नगरपालिकाका विरुद्ध अरुणदय सामुदायिक प्रतिष्ठानबिच हुने आयोजकले जनाएको छ ।

डायमण्ड युथ सोसाइटीका खेल संयोजक रणबहादुर थनेतको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, कावासोती २ का वडा अध्यक्ष शिव पाण्डे, कावासोती १० का अध्यक्ष टेकनारायण महतो, कावासोती १२ का अध्यक्ष ध्रुव खनाल, सामाजिक व्यक्तित्व गोपाल खनाल, डासुराम पोख्रेल, सेन्ट्रल कलेज भरतपुरका प्रतिनिधि शिशिर गैरे लगायत खेलप्रेमीहरुको उपस्थितिमा रहेको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य गाहाले नवलपुर खेलकुदको क्षेत्रमा गण्डकी प्रदेशमा अब्बल रहेको बताउनुभयो । नवलपुरको महिला फुटबल टिमले प्रदेशमै उत्कृष्ट गर्दै आएको र राष्ट्रिय रुपमा अझै उत्कृष्ट गर्नका लागि खेलाडीहरुलाई शुभकामना दिनुभएको थियो । कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनालले चौथो संस्करणको महिला फुटबल प्रतियोगिता सुरु गरेकोमा क्लबलाई धन्यवाद दिदै आगामी दिनमा प्रतियोगिता निरन्तरता दिन र आवश्यक सहयोगका लागि वडा कार्यालयको सहयोग रहने बताउनुभयो ।

Write your Comment