आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

कावासोती १२ का ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै स्वास्थ्य परीक्षण तथा परामर्श

    प्रकाशित २०८१ आश्विन ३, बिहिबार (५ घण्टा अघि)


ज्ञानु पंगेनी,कावासोती । संविधान दिवसको अवसर पारेर कावासोती वडा नम्बर १२ मा ज्येष्ठ तथा अशक्त नागरिकहरूको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण तथा परामर्श कार्यको सुरुआत गरिएको छ ।
बिहीबार एक औपचारिक कार्यक्रमका बीच ज्येष्ठ तथा अशक्त नागरिकहरूको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण तथा परामर्श कार्य सुरु गरिएको हो । कावासोती वडा नम्बर १२ को आयोजना तथा पिठौली स्वास्थ्य चौकीको समन्वयमा कार्यक्रम सुरु गरिएको हो ।
स्वास्थ्य परिक्षण तथा परामर्शका लागि वडाले एक जना स्वास्थ्यकर्मी ( नर्स ) परिचालन गरेको छ ।


उहाँले प्रतेक दिन ज्येष्ठ तथा अशक्त नागरिकहरूको घरमै पुगेर सुगर प्रेसर , जोरो छ की छैन चेकजाँच गर्ने र कुनै समस्या देखिए स्वास्थ्य चौकीमा पठाउने काम गर्नुहुनेछ । एक जना ज्येष्ठ तथा अशक्त नागरिककोमा हप्तामा चार पटकसम्म पुगेर स्वास्थ्य परिक्षण तथा परामर्श प्रदान गर्ने कार्यतालिका समेत बनाइएको वडा अध्यक्ष ध्रुव खनाल ( दिपेश) ले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीले ज्येष्ठ तथा अशक्त नागरिकका परिवारका सदस्यहरूले कसरी हेरचाह गरेका छन ? , औषधी सेवन गर्ने भए कसरी गर्छन , परिवारका सदस्यहरूले सहयोग गर्छन की गर्दैनन् ? लगायतका बारेमा परामर्श समेत प्रदान गर्ने खनालले बताउनुभयो ।


आज भएको कार्यक्रम वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको थियो । वडाका ९२ वर्षीया ज्येष्ठ नागरिक मनमाया चपाई र ८८ वर्षीय ज्येष्ठ नागरिक जयलाल लामिछानेको स्वास्थ्य जाँच गरेर कार्यक्रम सुरुआत गरिएको हो । कार्यक्रममा वडा सदस्यहरू , पिठौली स्वास्थ्य चौकीका इन्चार्ज इन्द्र महतो , कृष्ण महतो लगायत ज्येष्ठ नागरिकहरूको सहभागिता रहको थियो ।

कावासोती १२ मा ३ सय २७ जना ज्येष्ठ तथा अशक्त नागरिकहरू रहेका छन् ।

Write your Comment