देवचुली । देवचुली नगरपालिकाले असोज १ गते मंगलबार थारु समुदायलाई सार्वजनिक बिदा दिएको छ । थारु समुदायको पर्व अनन्त चतुर्दशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा मंगलबार नगरपालिका अन्तरगत सरकारी कार्यालय, शैक्षिक संघसंस्था तथा सार्वजनिक संस्थाहरूमा कार्यरत थारु समुदायका सम्पुर्ण कर्मचारी एवम् विद्यार्थीहरुलाई बिदा दिइएको जनाइएको छ ।